वेस्ट इन्डिजविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

नेपालभ्युज

वेस्ट इन्डिजविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

उनले सिरिजको पहिलो खेलमा शतक प्रहार गरेका थिए । लगातार विकेट गुमाएर दबाबमा परेको नेपाली इनिङ्स रोहितले सम्हालिरहेका छन् ।

उनले  ३४ बलमा अर्धशतक पुरा गरे । त्यस क्रममा उनले चार चौका र १ छक्का प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ ।

१७ ओभरमा १२२ रन बनाउँदा नेपालको सात विकेट गुमेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved