‘नेप्किन पेपर’बाट शुरु भएर ‘टिस्यु’ पेपर’मा सकिएको फुटबलको स्वर्णिम युग

कार्यक्रम सकिएपछि मेस्सीले त्यो टिस्यू पेपर कहाँ फाले मेस्सीलाई पनि सायद थाहा भएन। तर जसले त्यो पेपर भेटायो उसले लिलामीमा राख्यो। अनलाइन लिलामीमा राखिएको उक्त टिस्यू पेपरको मूल्य एक मिलियन डलर (नेपाली करीब १ करोड २२ लाख रुपैयाँ) तोकिएको थियो।

‘नेप्किन पेपर’बाट शुरु भएर ‘टिस्यु’ पेपर’मा सकिएको फुटबलको स्वर्णिम युग

काठमाडौं। २१ वर्षअघि स्पेनको बार्सिलोना शहरमा १३ वर्षीय एउटा लुरे केटो आफूसँग भएभरको कला देखाइरहेको थियो, जसलाई नियालिरहेका थिए चर्चित स्पेनिश क्लबका पदाधिकारीहरू। बार्सिलोनाबाट फुटबल खेल्ने आशामा ट्रायल दिइरहेको त्यो केटोले सबैलाई चकित बनाएको थियो।

क्लबका ‘टेक्निकल सेक्रेटरी’ चार्ली रेक्च उसको कलाबाट यति प्रभावित भए कि उनी त्यो केटालाई तत्कालै टिममा अनुबन्ध गर्न चाहन्थे। तर त्यतिबेला स्पेन बाहिरका खेलाडीलाई त्यति सानो उमेरमा क्लबमा भित्र्याउने चलन थिएन, र बोर्डका अन्य पदाधिकारीले छिट्टै सम्झौता गर्ने आश्वासनसहित त्यो केटोलाई परिवारसँग फिर्ता पठाइदिए।

त्यसको तीन महीनापछि, १४ डिसेम्बर २००० मा त्यो केटोको परिवारले बार्सिलोनाका पदाधिकारीलाई छिटो सम्झौता गर्न नभए अन्य क्लबमा जाने चेतावनी दिए। भविष्यमा आफ्नो क्लबबाट स्टार खेलाडी बन्न सक्ने अब्बल प्रतिभा हातबाट फुत्कने डरले क्लबका टेक्निकल सेक्रेटरी चार्लीले त्यो केटासँग तत्काल सम्झैता गर्न चाहे।

तर सम्झौता पत्र तयार थिएन। लेख्न मिल्ने कुनै कागज पनि थिएन आसपास। र चार्लीले हतारमा नजिकैको ‘नेप्किन पेपर’ समाते र त्यसैमा सम्झौता पत्र तयार पारेर त्यो केटोलाई क्लबमा अनुबन्ध गरे।

नभन्दै फुटबल इतिहासमै त्यो केटोले एउटा इतिहास बनायो, उसको समय क्लबको इतिहासकै स्वर्णिम युग बन्यो।

त्यो केटो थियो लियोनल मेस्सी।

मेस्सीसँग बार्सिलोनाले नेप्किन पेपरमा सम्झौता गरेको मंगलबार २१ वर्ष पूरा भएको छ। यो सबैका लागि कल्पनाबाहिरको विषय थियो कि हात र मुख पुछ्न प्रयोग गरिने सामान्य चारकुने कागज विश्व फुटबलको नै महत्वपूर्ण दस्तावेज बन्नेछ र नेप्किन पेपरमा लेखिएको नाम विश्व फुटबल इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ।

त्यो  सम्झौता एउटा नवीन युगको शुरु थियो। र त्यो बेला कसैले सोचेको थिएन होला कि त्यो केटोले बनाउने इतिहासमा उनीहरू साक्षी हुनेछन्। हालसालै बनेको सातौं बालोन डिओर उपाधि अब सायदै कसैले दोहोर्‍याउला !

नेप्किन पेपरको सम्झौतापछि मेस्सीले बार्सिलोनाका लागि जे गरे त्यही इतिहास बन्यो। बार्सिलोनाको लागि मात्र होइन, विश्व फुटबलकै लागि स्वर्णिम इतिहास।

यसरी नेप्किन पेपरबाट गाँसिएको मेस्सी-बार्सिलोनाको लोभलाग्दो २१ वर्षे लामो सम्बन्ध सकिएको छ। रमाइलो त के भने नेप्किन पेपरबाट शुरु भएको मेस्सी-बार्सिलोना सम्बन्ध टिस्यु पेपरमा गएर टुंगिएको छ।

चरम् आर्थिक संकटमा रहेको बार्सिलोनाले यसै सिजनको शुरुआतमा विश्व फुटबलका सर्वकालीन महान् खेलाडी  मेस्सीको खर्च धान्न नसक्ने बतायो, मेस्सीले रूँदै सर्वप्रिय क्लब छाडे।

कार्यक्रम सकिएपछि मेस्सीले त्यो टिस्यू पेपर कहाँ फाले मेस्सीलाई पनि सायद थाहा भएन। तर जसले त्यो पेपर भेटायो उसले लिलामीमा राख्यो। अनलाइन लिलामीमा राखिएको उक्त टिस्यू पेपरको मूल्य एक मिलियन  डलर (नेपाली करीब १ करोड २२ लाख रुपैयाँ) तोकिएको थियो।

बार्सिलोनबाट बिदा हुनुअघि आयोजित पत्रकार सम्मेलनमा उनी भक्कानिएर खुब रोए। त्यसबेला उनलाई साथ दिने केही थियो त बार्सिलोनाको खेलाडी बन्दाको नेप्किन पेपर जस्तै सेतो ‘टिस्यू पेपर’।

२१ वर्ष अघि नेप्किन पेपरमा भएको सम्झौताबाट शुरु भएको बार्सिलोनसँगको उनको फुटबल यात्रा टिस्यू पेपरले आँसु पुछ्दै सकियो। उनले सम्झौता गरेको पहिलो नेप्किन पेपर कालान्तरमा यति मूल्यवान हुन पुग्यो कि सायदै कसैले त्यसको मूल्य निर्धारण गर्न सक्ला !

यता बार्सिलोनासँग बिदाइ हुँदा उनको अन्तिम रोदनको साथी बनेको टिस्यू पेपर पनि विश्वकै महँगो टिस्यू पेपर बन्यो। पत्रकार सम्मेलनमा मेस्सी धेरै रुनेवाला छन् भन्ने उनकी पत्नी एन्टोनेलालाई पहिल्यै थाहा थियो। त्यसैले आँसु पुछ्न एन्टोनेलाले नै उनलाई त्यो टिस्यू पेपर दिएकी थिइन्।

कार्यक्रम सकिएपछि मेस्सीले त्यो टिस्यू पेपर कहाँ फाले मेस्सीलाई पनि सायद थाहा भएन। तर जसले त्यो पेपर भेटायो उसले लिलामीमा राख्यो। अनलाइन लिलामीमा राखिएको उक्त टिस्यू पेपरको मूल्य एक मिलियन  डलर (नेपाली करीब १ करोड २२ लाख रुपैयाँ) तोकिएको थियो।

0000

मेस्सीको जन्म सन् १९८७ मा अर्जेन्टिनाको रोसारियो शहरमा भएको थियो। उनी चारमध्ये साइँला छोरा थिए। उनका पिता स्टिल कारखानाका प्रवन्धक थिए भने आमा चुम्बक निर्माण कम्पनीमा काम गर्थिन्। उनको जन्म अर्जेन्टिनामा भए पनि उनको पुर्खाको मूल थलो युरोप नै थियो। उनको चार/पाँच वर्ष अघिको पुस्ता इटली र स्पेन दुवैको स्वामित्वमा रहेको स्थानबाट अर्जेन्टिना बसाइ सरेका थिए।

फुटबल खेल्ने माहोल भएको परिवारमा जन्मेका उनको रूचि स्वभाविक रुपमा सानैदेखि फुटबलतर्फै खिचियो। उनको बाल्यकाल दुई भतिजहरू म्याक्सिमिलानो र इमानुयल (जो हाल व्यवसायिक फुटबलर नै छन्) तथा दुई दाजुहरू रोद्रिगो र माटियससँग फुटबल खेलेरै बितेको थियो।

उनले आफ्नो फुटबल जीवनमा हजुरआमाको प्रभावलाई कहिल्यै भुल्न सकेनन्। त्यसैले हालसम्म पनि उनी आफ्नो हरेक गोलमा आकाशतिर फर्किन्छिन्, हजुरआमालाई सम्मान अर्पण गर्छन्, खुशी मनाउँछन्। यो नै उनको ‘सिग्नेचर सेलेब्रेशन’ हो।

हिँड्न सक्ने बेलादेखि खेलेको प्यारो खेलका कारण उनमा फुटबलप्रतिको जोश र कौशलको विकास सानो उमेरदेखि नै भयो।

चार वर्षको उमेरमा नै उनी स्थानीय क्लब ग्रान्डोलीमा आवद्ध भइसकेका थिए, जहाँ उनकै बुवाले उनलाई फुटबल खेल्न सिकाउँथे। तर यो भन्दा पहिला उनमा फुटबल खेलको लत बसाल्ने श्रेय उनकी मावली हजुरआमा सेलियालाई जान्छ जसले सबैभन्दा पहिला उनलाई फुटबल खेल्ने आधारभूत कला सिकाएकी थिइन्।

तर मेस्सी ११ वर्षको नहुँदै हजुरआमाको निधन भएपछि सानो उमेरमा नै उनी निकै विक्षिप्त बनेका थिए।

उनले आफ्नो फुटबल जीवनमा हजुरआमाको प्रभावलाई कहिल्यै भुल्न सकेनन्। त्यसैले हालसम्म पनि उनी आफ्नो हरेक गोलमा आकाशतिर फर्किन्छिन्, हजुरआमालाई सम्मान अर्पण गर्छन्, खुशी मनाउँछन्। यो नै उनको ‘सिग्नेचर सेलेब्रेशन’ हो।

उनी ६ वर्षको उमेरमा नै अर्जेन्टिनाको चर्चित क्लब न्यूबेल्स ओल्ड ब्याइजमा छिरिसकेका थिए। ६ सिजन यो क्लबको युवा टिमबाट खेलेका उनले करीब ५ सय गोल गरेका थिए। त्यतिबेला अर्जेन्टिनाको युवा फुटबलमा मेस्सीसहितको न्यूबेल्स ओल्ड ब्याइज क्लबलाई हराउनु अन्य क्लबका लागि असम्भवप्राय: थियो।

युवा उमेरमै मेस्सीको फुटबल कौशल यति निखरिएको थियो कि क्लबको सिनियर टिमको खेल दौरान हाफ टाइममा उनी आफ्नो फुटबल कला देखाएर दर्शकलाई मनोरञ्जन दिने गर्थे।

हुने बिरुवाको चिल्लो पात भने जस्तै मेस्सीले फुटबल स्टार बन्ने संकेत बाल्यकालमै देखाएका थिए। तर उनको सपनामा त्यतिबेला अल्पबिराम लाग्यो जब १० वर्षको उमेरमा उनमा अनौठो रोग पुष्टि भयो, शारीरिक वृद्धिका लागि चाहिने हर्मोनको कमीले हुने रोग।

बच्चा र युवावस्थामा शरीरको वृद्धि विकासको लागि आवश्यक हर्मोनको उत्पादन शरीरमा नभएपछि हुनुपर्ने प्राकृतिक तौल र उचाईको कमी यो रोगका कारण हुने रहेछ। करीब ७ हजार बच्चा मध्ये एकमा मात्र हुने यो दुर्लभ रोग उनलाई लाग्यो।

यसपछि उनको उपचारमा त्यो बेला नै मासिक एक हजार डलर खर्च लाग्ने भयो। मेस्सीका बाबुले गरिदिएको स्वस्थ्य बीमाले उनको उपचारमा दुई वर्ष मात्र धानियो। उनको क्लब न्यूबेल्स ओल्ड ब्याइज र उनलाई टिममा भित्र्याउन खोजिरहेको अर्जेन्टिनाको अर्को ठूलो क्लब रिभर प्लेटले उपचारमा सहयोग गर्ने आश्वसन दिएका थिए। तर त्यो समयमा अर्जेन्टिनामा चलिरहेको आर्थिक संकटका कारण यी दुवै क्लबले मेस्सीलाई सहयोग गर्न सकेनन्।

तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै मेस्सीको फुटबल करियरमा मात्र होइन जीवनकै ठूलो समस्याको रूपमा रहेको यो रोगको उपचारको जिम्मा बार्सिलोनाले लियो, जब नेप्किन पेपरमा सम्झौता भयो। यसपछि त के थियो र! बाँकी सब इतिहास बनिहाल्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved