विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल

नेपालभ्युज

विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल

काठमाडौं । केटिएम कन्सलटिङ ग्रूपको ब्राण्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो ।

केटिएम कन्सलटिङ ग्रूपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ ।

सोही क्रममा भुर्तेल ग्रूपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कन्सलटेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो ।

भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् ।

कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुशी लागिरहेको बताए । उनले आगामी टि २० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved