ललितपुरका मेयर र न्यूयोर्कका पर्यटन प्रवर्द्धकबीच पर्यटकको संख्या बढाउने उपायबारे छलफल

नेपालभ्युज

ललितपुरका मेयर र न्यूयोर्कका पर्यटन प्रवर्द्धकबीच पर्यटकको संख्या बढाउने उपायबारे छलफल

न्यूयोर्क । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र अमेरिकाको न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच विदेशी पर्यटकको संख्या बढाउनेबारे छलफल भएको छ ।

न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यवारे छलफल गरे ।

भेटमा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रुपमा विकास गरिएको र थप गन्तव्य पहिल्याउने काम तिब्र बनाईएको बताए ।

प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेपछि महर्जनले महानगरपालिकाले नेपाल अवतरण गर्ने विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्र बारे जानकारी दिने पुस्तिका राख्ने प्रकृया थालिएको बताए ।

उनले सडकलाई सुरक्षित बनाउन महानगरले विभिन्न योजना अघि बढाएको,  पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहर पुर्ननिर्माण र संरक्षणमा शुन्य सहनशिलता अपनाईएको समेत बताए ।

नवनियुक्त श्रेष्ठले यसका लागि अमेरिकाबाट सक्दो प्रयास गर्ने आश्वासन दिए । नवनियुक्त श्रेष्ठलाई बधाई दिंदै मेयर महर्जनले पर्यटन मन्त्रालय र पर्यटन बोर्ड मार्फत सहकार्य गर्न सधैँ तयार रहेको बताए ।

मेयर महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका आएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved