लामो समयदेखि इजरायलमा ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज आज काठमाडौं ल्याइँदै

नेपालभ्युज

लामो समयदेखि इजरायलमा ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज आज काठमाडौं ल्याइँदै

काठमाडौं । इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौं ल्याइदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इजरायलमा रहेको जहाज आज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

आफु मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएका बिषयमा निरन्तर चासो लिएको भन्दै इजरायलमा रहेको जहाजलाई ल्याउन पहल गरेको मन्त्री तामाङले बताए ।

सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए ।

मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचिबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।

यस बर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने तयारी भएको मन्त्री तामाङले बताए ।

सगरमाथा दिवस मनाउनका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved