अन्तर्राष्ट्रिय बजारमा किनमेल गर्नुहुन्छ ? सहयोगी हुनसक्छ नबिलको ‘आईकार्ड’

नेपालभ्युज

अन्तर्राष्ट्रिय बजारमा किनमेल गर्नुहुन्छ ? सहयोगी हुनसक्छ नबिलको ‘आईकार्ड’

काठमाडौं । यदि तपाईं अन्तर्राष्ट्रिय बजारमा किनमेल गर्नुहुन्छ र भुक्तानीमा सहजीकरण खोज्दै हुनुहुन्छ भने सहयोगी हुन सक्छ नबिल बैंक(Nabil Bank)को आईकार्ड ।

नेपाल राष्ट्र बैंक(nepal rastra bank)ले ल्याएको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रलाई ध्यानमा राख्दै नबिल बैंकले यूएई डलर नबिल आईकार्ड ल्याएको छ ।

जसबाट एकजना ग्राहकले वर्षमा पाँचसय डलरसम्म टपअप गर्न सक्नेछन् भने ५ हजार डलरसम्म ई-कमर्सको साईटबाट कारोबार गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले विदेशबाट वर्षको अधिकतम पाँचसय डलरसम्मको वस्तु तथा सेवा खरिद गर्न सक्ने व्यवस्थासहितको परिपत्र जारी गरेसँगै बैंकहरूले धमाधम डलर कार्ड ल्याएका हुन् ।

आईकार्ड भनेको के हो ? 

आईकार्ड भनेको अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सामान खरिद गरेबापत् डलर भुक्तानीका लागि नेपाली बैंकहरूले ल्याएको एक वैध र सरल प्रक्रिया हो । जसलाई डलर कार्ड पनि भन्ने गरिन्छ ।

विद्युतीय भुक्तानीमा क्यूआर कोडलाई आक्रामक ढङ्गले विस्तार गर्न अभिभावकीय दायित्व बहन गरेको राष्ट्र बैंकले विदेशी वस्तु तथा सेवा खरिदलाई मान्यता दिएको थियो ।

विद्युतीय भुक्तानीमा क्यूआर कोडले सर्वाधिक चर्चा पाएसँगै राष्ट्र बैंकले डलर भुक्तानीमा सहजीकरण गर्न चालेको कदममध्येको एकको हो आईकार्ड ।

नेपाल राष्ट्र बैंकले विसं २०७७ चैत ८ गते एकीकृत परिपत्र २०७६ संशोधन गर्दै एकजना ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने प्रावधान ल्याएको थियो ।

वाणिज्य बैंकसँगै राष्ट्रिय स्तरका विकास बैंकहरूले उक्त प्रिपेड कार्ड जारी गर्न सक्नेगरी राष्ट्र बैंकले सहजीकरण गरेको थियो । यसअघि भने अन्तर्राष्ट्रिय बजारका नेपाली उपभोक्ताहरूले भने अवैध वा अनौपचारिक ढङ्गबाट विदेशी वस्तु तथा समान खरिद गर्दा डलर भुक्तानी गर्ने गरेका थिए ।

राष्ट्र बैंकले सो प्रावधान फेरेसँगै डलर प्रयोग गरेर गर्नुपर्ने साना कारोबारहरू वैध तरिकाले नेपाली बैंकहरूबाटै भुक्तानी हुन थालेको छ ।

आईकार्डबाट ग्राहकहरूले सामाजिक सञ्जालमा विज्ञापन वा बुस्टिङ, ओटीटी (नेटफ्लिक्स, प्राईम भिडियो आदि), सब्क्रिप्सन, विदेशी ई-कमर्सबाट वस्तु तथा सामान खरिद, अन्तर्राष्ट्रिय म्यागेजिन वा जर्नल, अनलाईन कोर्स वा तालिमको भुक्तानी गर्न सक्नेछन् ।

कसरी लिने नबिलको आईकार्ड ? 

विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म ,कम्पनी वा संस्थाले आईकार्ड प्राप्त गर्नका लागि सम्बन्धित प्रयोगकर्ताले आफ्नो केवाईसी ‘ग्राहक पहिचान विवरण’ आवधिक गर्ने, नबिलको ग्राहक हुनुपर्ने, नबिल बैंकबाट डेबिट कार्ड लिएको हुनुपर्ने र स्थायी लेखा नम्बर प्यान अनिवार्यरूपमा लिएको हुनुपर्ने छ ।

ग्राहकहरूले प्रक्रिया पुर्‍याएर नबिलको जुनसुकै शाखाबाट पनि डलर कार्ड लिन सक्नेछन् ।

कति लाग्छ शुल्क ?

नबिल बैंकले आईकार्डका सब्स्क्रिसन शुल्क एक हजार रुपैयाँ तोकेको छ । रिलोड अर्थात् रिचार्ज शुल्क पाँचसय रुपैयाँ तोकेको छ । रिप्लेस्मेन्ट अर्थात् पुनः जारी शुल्क, लिस्टिङ शुल्क र पिन एक्टिभेसन शुल्क गरी तीन शीर्षकको सामान पाँच डलरबापत् कुल १५ डलर लिने गरेको छ ।

जसको नेपाली रुपैयाँ करिब २ हजार पर्दछ । त्यस्तै, क्रसबोर्ड शुल्क भने कारोबार रकमको एक प्रतिशत लिने गरेको बैंकले जनाएको छ ।

बैंकले कार्डको सुरक्षालाई मध्यनजर गर्दै इस्योर कारोबार शुल्क भनेर ० दशमलव ५० डलर वा ० दशमलव ५ प्रतिशत जुन बढी हुन्छ त्यही लिने गरेको छ ।

बैंकले इस्योर रजिस्ट्रेसन शुल्क पाँच डलर र इस्योर पुनः रजिस्टर गर्न एक डलर लाग्ने बैंकले जनाएको छ । नबिल बैंकले आईकार्डको भ्यालिडिटी चार वर्षको रहने जनाएको छ । जसकारण कार्डको रजिस्ट्रेसन शुल्क एकपटक तिरेपछि चार वर्षसम्म कायम रहने छ ।

उक्त आईकार्डमा मोबाइल बैंकिङ र अनलाईनबाटै पैसा लोड गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा मोबाइलबाटै रकम आफ्नो खातामा फर्काउन पनि सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved