गर्मी बढेसँगै क्रम्प्टनको नयाँ पंखा र कुलर नेपाली बजारमा

नेपालभ्युज

गर्मी बढेसँगै क्रम्प्टनको नयाँ पंखा र कुलर नेपाली बजारमा

काठमाडौं । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले आफ्ना विविध पंखा र कुलर नेपाली बजारमा ल्याएको छ ।

गर्मी बढेसँगै नेपाली उपभोक्ताको विविध आवश्यकता र प्राथमिकता पूरा गर्न कम्पनीले उक्त प्रडक्ट नेपाली बजारमा ल्याएका हुन् ।

जसमा सिलिङ् फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान समावेश छन् । स्टाइलिश डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनको साथ, क्रम्प्टन सिलिङ् फ्यानहरू कुनै पनि घरको लागि उत्तम हुन्छ साथै आराम र भव्यता दुवै प्रदान गर्ने कम्पनीको दाबी छ ।

इकोनोमिक सिलिङ् फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप, पवन, अल्फा ब्रिज, विन्जर, कूल ब्रीज र सी विन्ड छन् । डेकोरेटिभ सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया, अरिया ब्रिज प्राइम र सुपर एयर डेको छन् ।

स्ट्यान्ड फ्यान वर्गमा क्रम्प्टनसँग गेल क्लासिक, हाई फ्लो नियो, स्टोर्म २ र ब्रिजस्टार फराटा छन् । वाल फ्यानमा, क्रम्प्टनले गेल क्लासिक, हाई–स्पीड टोर्पेडो र हाई फ्लो नियो उपलब्ध छन् । यसको स्पेस–सेभिंग डिजाइन, वाल फ्यान भान्सा, शयनकक्ष र हलवेहरूको लागि उपयुक्त हुने बताइएको छ ।

क्रम्प्टनको ड्रिफ्ट एयर प्लस (मेटल बडी र मेटल ब्लेडसहित) जुन ६, ९ र १२ इन्च साइजमा उपलब्ध छ भने ब्रिस्क एयर नियो (टिकाउको लागि हल्का बडी) जुन ६, ८ र १० इन्च गरी तीन साइजमा उपलब्ध छन् ।

त्यसै गरी कुलरमा, डेसर्ट एयर कुलरमा अप्टिमस ६५, कूल ब्रिज ड्याक ५३/८०, ओजोन ५५/७५, ओजोन क्लासिक एच ५५, जेलस ड्याक २८/४३, गेल ड्याक ६०/९०स टावर एयर कुलरमा, अप्टिमस निओ ३५/३५आइ/५२: पर्सनल एयर कुलरमा, जेडी प्याक २२/३५ र विन्डो एयर कुलरमा अप्टिमस क्लासिक ७० मोडेल उपलब्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved