काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले सरकारको जिम्मेवार पदमा बसेका व्यक्तिहरुलाई कम्तीमा दुई वर्ष टिकाउनुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष ढकालले देशमा रहेको राजनीतिक अस्थिरताको कारणले व्यवसायी तथा उद्योगीहरुले अनेकन समस्या झेल्नुपरेको बताएका हुन् ।
उनले लगानी सम्मेलनमा सम्पूर्ण रनजनीतिक दलले नेपालमा लगानी भित्र्याउने विषयमा एक्यबद्धता जनाएकोले यसले सकारात्मक सन्देश गएको उल्लेख गरे ।
आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरुमा आधारित रहेर बजेट आउनुपर्ने र त्यसको कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।
‘यो आवमा बजेटको आकार नबढाउन अनुरोध गर्दछु, राजस्व अनुमान वास्तविक खर्चको भरमा राख्नपर्छ,’ उनले भने, ‘मौद्रिक नीति र बजेटको तालमेल अलि नमिलेको जस्तो छ । मौद्रिक नीति अलि लचिलो बनाएर दुईवटाको तालमेल मिलाए उद्योगीहरुको लागि सहज हुने थियो ।’
उनले मंगलबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रले दिएको कृषि लगानीको दशक, कन्ट्री रेटिङ, जस्ता विषय समेटेकोमा धन्यवाद व्यक्त गरे ।
Facebook Comment
Comment