रारामा बन्न लागेको लक्जरी रिसोर्टलाई सरकारको सहयोग रहने : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

रारामा बन्न लागेको लक्जरी रिसोर्टलाई सरकारको सहयोग रहने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा मुगुको रारा तालमा रिसोर्ट निर्माणको सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने भन्दै निर्माण कम्पनीले गरेको सम्झौतामा सन्तोष व्यक्त गरेका हुन् ।

रारा होल्डिङ र एक्स्पर्ट ग्रुप अष्ट्रेलियाबीच लक्जरी रिसोर्ट बनाउने सम्झौत भएको थियो । आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिने बताए । प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने पनि बताए ।

भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्स्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौता बमोजिम निर्धारित समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved