आज मे १ तारिख, नेपालमा पनि विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

नेपालभ्युज

आज मे १ तारिख, नेपालमा पनि विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं । आज मे १ तारिख । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी मनाइँदैछ ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ ।

दिवसका लागि यस वर्षको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ । सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरले अघि सारेको ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम’ को मागले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । बम विस्फोटपछि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुरको बलिदानीपश्चात आन्दोलनले अन्ततः सफलता प्राप्त गरेको थियो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको इतिहास छ ।

नेपालको संविधानले पनि सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ । तर व्यवहारमा भने अझै पनि मजदुरले त्यो सुविधा पाएको देखिदैन ।

नेपालमा वि.सं २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि भने नेपालमा दिवसका अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved