नेपाली सेनामा २५ सय भन्दा बढीका लागि स्थायी जागिर खुल्यो

नेपालभ्युज

नेपाली सेनामा २५ सय भन्दा बढीका लागि स्थायी जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार ५ सय ७४ कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयका लागि आवश्यक पदका लागि आवेदन माग गरिएको हो ।

सूचना प्रकाशन गर्दै नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदका लागि आवेदन माग भएको हो ।

नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ ।

दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष दुवैले आवदेन दिन सक्ने छन् । आवेदक १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved