यूएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला दुई सय दिराम बढाइने

नेपालभ्युज

यूएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला दुई सय दिराम बढाइने

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र सुविधाका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र यूएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला दुई सय दिराम  बढाउने निर्णय भएको बताएका हुन् ।

‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरू गर्नेछौ । भर्खरैमात्र यूएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘वैदेशिक नीतिअनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’

मन्त्री भण्डारीले युरोपमा संस्थागतरुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरूमा श्रमिक पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved