छोराछोरी क्यानडा पठाउँदा पढाई अवधिभर रकमको जोहो गर्नु, काम पाउन गाह्रो छ : नेपाली दूतावास

नेपालभ्युज

छोराछोरी क्यानडा पठाउँदा पढाई अवधिभर रकमको जोहो गर्नु, काम पाउन गाह्रो छ : नेपाली दूतावास

काठमाडौं । क्यानडा पुगेका नेपाली विद्यार्थी आर्थिक समस्यामा पर्न थालेपछि क्यानडास्थित नेपाली दुतावासले आफ्नो जोहो गरेर मात्रै आउन सचेत गराएको छ ।

ओटावास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न अभिभावकलाई सचेत गराएको हो ।

अध्ययनका लागि क्यान्डा गएका विद्यार्थीले काम नपाउँदा आर्थिक समस्या भइरहेका समाचार सार्वजनिक भइरहेका बेला नेपाली दूतावासले पनि त्यहाँको अवस्थाबारे जानकारी गराएको हो ।

छोराछोरीको अध्ययन अवधिभरको शैक्षिक शुल्क र बस्ने, खाने खर्च व्यवस्थापन गरेर मात्र पठाउन दुतावासले अभिभावकलाई भनेको हो ।

‘क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्न पर्नेछ ’ दूतावासले भनेको छ ।

दूतावासले अध्ययनका लागि आउँदा कलेज वा विश्वविद्यालयको गुणस्तर र विश्वासनीयता बुझेर मात्र शैक्षिक शूल्क बुझाउन सुझाव दिएको छ । दुतावासले सामाजिक सञ्जालमा देखेका विज्ञापनका अधारमा भुक्तानी गर्दा ठगीमा पर्न सकिने तर्फ पनि सचेत गराएको छ ।

पढ्नु होस् दूतावासको विज्ञप्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved