गायक ओड ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा

नेपालभ्युज

गायक ओड ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा

काठमाडौं । गायक रवि ओड ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड हिजो साँझ धरौटी बुझाएर रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।

गायक ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका थिए । ‘नेपाल आइडल सिजन २’ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved