काठमाडौंमा आजदेखि सीप मेला, विभिन्न विधामा नि:शुल्क तालिम उपलब्ध गराइने

नेपालभ्युज

काठमाडौंमा आजदेखि सीप मेला, विभिन्न  विधामा नि:शुल्क तालिम उपलब्ध गराइने

काठमाडौं । मजदुर दिवसकै दिन काठमाडौंमा आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामार्फत् एक महिनाको अवधिमा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने महानगरको लक्ष्य रहेको छ ।

उपमेयर सुनिता डंगोलकाअनुसार शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको आयोजना गरिएको हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउन लागेको महानगरले जनाएको छ ।

तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित विधा छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि महानगरले जनाएको छ ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनु हुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछ । रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved