गोदावरीको जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते अर्का एकजनाको पनि मृत्यु

नेपालभ्युज

गोदावरीको जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते अर्का एकजनाको पनि मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ ।

आगो निभाउने क्रममा स्थानीय रमेश पहरी हिजो घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

आगो निभाउने क्रममा घाइते भएका शंकर पहरीको भने हिजै मृत्यु भएको थियो । वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved