भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, अर्का एक घाइते

नेपालभ्युज

भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, अर्का एक घाइते

काठमाडौं । इलामको देउमाइमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा देउमाई नगरपालिका–६ का २५ वर्षीय दीपेश राईको मृत्यु भएको हो ।

भ्यानमा सवार २६ वर्षिय विश्वास राई गम्भीर घाइते भएका छन् । घाइते राईलाई उपचारका लागि झापा लगिएको छ । झापाबाट इलाम जाँदै गरेको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटनामा परेको हो ।

भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved