मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय टोली आज इङ्ल्याण्ड उड्दै

नेपालभ्युज

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय टोली आज इङ्ल्याण्ड उड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ल्याण्ड जाँदै छ ।

हिजै उड्ने भनिए पनि भिसा नआएपछि नेपाली टोलीको इंग्ल्यान्ड भ्रमण आज मात्र हुन लागेको हो । भिसा प्रक्रियमा ढिलाइभएपछि हिजोको टिकट रद्द गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईका अनुसार खेलाडीसहितको टोली आज दिउँसो २ बजे इङ्ल्याण्ड उड्नेछन् ।

इङ्ल्याण्ड जाने टोलीमा ३० जना सदस्य छन् । जसमा खेलाडी २३ र सात अफिसियल छन् ।

सबै सदस्यलाई एकैपटक एउटै विमानमा पठाउन सम्भव नभएकाले दुई फरक विमानबाट पठाउन लागेको राईले जनाए ।

उनीहरु कतार एयरवेज र इमिरेट्स एरलाइन्सबाट इंग्लायण्ड जान लागेका हुन् । नेपाली टिमले यही बैसाख २४ गते एल्डरसट टाउन फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved