डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपालभ्युज

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

निगमले  हवाई इन्धनको मूल्य भने  बढाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको निगमले जनाएको छ ।

निगमका अनुसार  नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुनेछ । पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved