मुद्दती निक्षेपमा १ अर्ब ९४ करोड लगानी गर्दै राष्ट्र बैंक

नेपालभ्युज

मुद्दती निक्षेपमा १ अर्ब ९४ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै आफ्नो विभिन्न कोषहरूमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको हो ।

राष्ट्र बैंकले २०८१ जेठ ३ गतेदेखि २०८२ जेठ २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८१ वैशाख १४ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ७२ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved