जङ्गलमा आगो झोस्ने एक जना पक्राउ

नेपालभ्युज

जङ्गलमा आगो झोस्ने एक जना पक्राउ

काठमाडौं । जङ्गलमा डढेलो लगाएको आरोपमा कास्कीमा एक जना पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलले सामुदायिक जङ्गल नजिकै रहेको आफ्नै खर बारीमा आगो लगाएको र सोही आगो फैलिएर सामुदायिक वनमा ठुलो आगलागी भएको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीले पौडेलमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आइतबार डिभिजन वन कार्यालय कास्की पठाएको छ । डिभिजन वन कार्यालय कास्कीले पौडेलमाथि कारवाही प्रक्रिया सुरु गरेको डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved