सीजी फुड्समा भएको आक्रमणको घटनाप्रति परिसंघको ध्यानाकर्षण

नेपालभ्युज

सीजी फुड्समा भएको आक्रमणको घटनाप्रति परिसंघको ध्यानाकर्षण

काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको जनाएको छ ।

सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय भएको भन्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको छ ।

“देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघ माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

हालको विषम परिस्थितिमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रूपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा परिसंघले जोड दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved