राष्ट्रिय अनुसन्धान विभागमा २ सय ५२ जनाका लागि जागिर खुल्यो

नेपालभ्युज

राष्ट्रिय अनुसन्धान विभागमा २ सय ५२ जनाका लागि जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । विभागले विभिन्न पदमा २५२ कर्मचारी माग गरेको हो । आज (शुक्रबार) सार्वजनिक विज्ञापनमा विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचर पदका लागि २ जना माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ

सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ । त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved