सबै पालिकाहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री अर्याल

नेपालभ्युज

सबै पालिकाहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक छ : श्रममन्त्री अर्याल

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् । काठमाडौं महानगरपालिकाले गत वैशाख १९ गते बुधवारदेखि टुँडिखेलमा जारी रहेको सीप मेलाको बुधवार श्रममन्त्री अर्यालले अवलोकन गरेका हुन्।

सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका मेलाहरु आयोजना गर्नुपर्ने बताए। उनले ७५३ स्थानीय तहहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए ।

उनले काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको बताए । मन्त्री अर्यालले मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको बताए । उनले महानगरले नयाँ कामहरु गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए ।

उनले  मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको बताए । मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरु छ र कति रोजगारीको खोजिमा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको बताए ।

उनले संघीयतामा सरकारले गर्ने हरेक कामहरु प्रदेशसहित स्थानीय तहहरुमा पुग्न आवश्यक रहेको बताए । उनले महानगरले सीप सिकाएका श्रमिकहरुलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने पनि बताए । महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved