शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भयोः प्रमुख सचेतक बर्तौला

नेपालभ्युज

शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भयोः प्रमुख सचेतक बर्तौला

काठमाडौं । शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको हो ।

छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताए । उनले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र कांग्रेसको प्रस्ताव अनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताए ।

‘कार्यदलमा रहेका नेपाली कांग्रेसका सदस्यहरुले जे प्रस्ताव ल्याउनुभएको छ, त्यस सन्दर्भमा नेपाली कांग्रेसका शिर्ष नेताहरुको बीचमा र सत्ता पक्षको बीचमा एउटा छलफल गर्दा उपयुक्त हुन्छ भनेर बैठक बसेका हौँ । बैठक सकारात्मक छ’ उनले भने, ‘हाउसको गतिरोध अन्त्य गर्न टिओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ । सत्ता पक्षबाट लचकता भएको छ । व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन । अरु विषयमा संसदीय गरिमा कायम राख्ने गरी भुमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेस शुक्रबारको बैठकबाट सकारात्मक रुपमा बाहिरिएको बताए । उनले शनिवार ३ बजे बस्ने बैठकमा काँग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved