सेयर बजारको उल्लासमय यात्रा, सातामा ११२ दशमलव ७२ अंकको वृद्धि 

नेपालभ्युज

सेयर बजारको उल्लासमय यात्रा, सातामा ११२ दशमलव ७२ अंकको वृद्धि 

काठमाडौं । साताको सेयर बजारलाई हेर्दा हरियाली देख्न सकिन्छ । साताको चार दिन मात्र कारोबार हुँदा सबै दिन बजार बढेर उल्लासमय भएको देखिन्छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो ।

जसमा बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको थियो । यसअघि एक प्रतिशत मात्र बिक्री गर्न पाइन्थ्यो । यसबाहेक जेठ १ गतेबाट ब्रोकर कमिसन ब्याजदर पनि थप घटेको छ ।

जसको कारण पनि सेयर बजारका लगानीकर्ता केही उत्साहित भएको अनुमान लगाउन सकिन्छ । कारोबारको पहिलो दिनमै ४५ दशमलव ६९ प्रतिशतले बढेर उछाल भित्र्याएको सेयर बजारले साता भरी नै सुखद यात्रा गरेको छ ।

२०१८ दशमलव ७६ को बिन्दुबाट कारोबार सुरु गरेको बजारले साताको अन्त्यसम्म आइपुग्दा २१३१ दशमलव ४९ को बिन्दुमा पुगेर बन्द भएको छ । समग्रमा यो साता बजार ११२ दशमलव ७२ को अन्तरले बढेको छ ।

त्यसैगरी, कारोबार समीक्षा अवधिभर बजारले २१ अर्ब ९९ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । भने, माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ताले रुचि देखाएका छन् भने सर्वाधिक कम कारोबार हुने क्षेत्रमा कर्पोरेट डिभेन्चर रहेको छ ।

साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४५ दशमलव ६९ बिन्दुले बढेर २०६४ दशमलव ४५ बिन्दुमा पुगेको थियो । आइतबार ३२३ कम्पनीको ७४ हजार ९ सय ९१ पटकको कारोबारमा कारोबार रकम ५ अर्ब २५ करोड १० लाख २४ हजार रहेको थियो ।

त्यस दिन माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको थियो । १३ वटै परिसूचक बढ्दा लाइफ इन्स्योरेन्सले सबैलाई उछिनेको थियो । भने सबैभन्दा कम ट्रेडिङ्स इन्डेक्स बढेको थियो ।

सोमबार नेप्से परिसूचक २७ दशमलव ५४ अंकले बढेर २०९२ बिन्दुमा पुगेको थियो । ३ सय १५ कम्पनीका ८० हजार ९ सय ८२ पटकको कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ रहेको थियो । माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिँदा सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको थियो । बैंकिङ उपसमूहले सर्वाधिक आफ्नो सेयर बढाउन सफल भएको थियो भने सर्वाधिक गुमाउनेमा लाइफ इन्सुरेन्स रहेको थियो ।

मंगलबार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

त्यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक बढेको थियो भने विकास बैंकहरुको परिसूचक सबैभन्दा धेरै घटेको थियो त्यसै गरी, हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको थियो ।

लगातार बढिरहेको सेयर बजार बुधबार पनि १५ दशमलव ५४ अंकले बढेर २१३१ दशमलव ४९ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९ सय १२ रुपैयाँ रहेको थियो ।

बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव २३ प्रतिशतले बढ्दा होटेल एण्ड टुरिजमको १ दशमलव ९० प्रतिशतले बढेको थियो । त्यस्तै, म्युचुअल फण्डको ० दशमलव ३६ प्रतिशतले बढ्दा विकास बैंकहरुको ० दशमलव ३३ प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा फाइनान्स इन्डेक्स र भने दोस्रोमा माइक्रो फाइनान्स इन्डेक्स रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved