सांसदहरूलाई सम्झाउन माधवले बोलाए संसदीय दलको बैठक

नेपालभ्युज

सांसदहरूलाई सम्झाउन माधवले बोलाए संसदीय दलको बैठक
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । उनले सोमबार दिउँसो बस्नेगरी बैठक बोलाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि त्यसको खतरा आफ्नो दलतर्फ नसोझियोस् भनेर सांसदहरूलाई सम्झाउनका लागि उनले दलको बैठक बोलाएको स्रोतले बतायो ।

एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालसहित केही सांसद नेपालसँग असन्तुष्ट छन् । यहीबेला पार्टी विभाजन नहोस् भन्नको खातिर बैठक बोलाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved