विश्वप्रकाशको नजरमा गृहमन्त्री- ‘सत्य’को लुगा लगाएका ‘झुट’ !

नेपालभ्युज

विश्वप्रकाशको नजरमा गृहमन्त्री- ‘सत्य’को लुगा लगाएका ‘झुट’ !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसम्बद्ध दलहरूले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा काठमाडौं कांग्रेसद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले यस्तो आरोप लगाएका हुन् ।

महामन्त्री शर्माले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई ‘सत्य’ को लुगा लगाएका ‘झुट’ को संज्ञा दिए । सत्य-झुटको कथा सुनाउँदै शर्माले भने, “अहिले सत्यको लुगा लगाएका झुट गृहमन्त्रीले रनवन हुनुहुन्छ ।”

उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्टको प्रसङ्गसमेत कोट्याए । “कसैले दुईवटा पासपोर्ट भएर पनि गृह मन्त्रालय चलाउन पाउने तर, कसैको दुईवटा नागरिकताको कुरा आएपछि सहयोग गरेर जान्छु, छानबिन होस् भन्दाभन्दै कार्यकक्षाबाट पक्राउ पर्ने ?,” महामन्त्री शर्माले भने ।

यस्तै उनले प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेलाई खुइल्याउँदै लाने मनोविज्ञानमा भएको आरोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved