गाली जति रविको भागमा थुपारेर ओलीले सहकारी अपचलनमा संलग्न एमाले पंक्तिको रक्षा गर्दैछन् : विश्वप्रकाश

नेपालभ्युज

गाली जति रविको भागमा थुपारेर ओलीले सहकारी अपचलनमा संलग्न एमाले पंक्तिको रक्षा गर्दैछन् : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन समितिको विरोध गर्नुको कारणहरू खुलाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरिएको रकम हिनामिना गरेको भन्दै कांग्रेसले उनीमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध गर्ने गरेका छन् । यद्यपि, समिति गठन गर्न सहमति जुटिसकेको छ ।
शर्माले दोष जति, आरोप जति र गाली जति रवि लामिछानेको भागमा थुपारेर ओलीले सहकारी अपचनमा संलग्न एमाले पंक्तिको रक्षा गरिरहेको बताए ।

ओलीले गृहमन्त्रीलाई जोगाउने बाहनामा सहकारीमा संलग्न एमाले पंक्तिको रक्षा गरिरहेको उनको भनाइ थियो ।

‘रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्रहरू, सहकारी सञ्चालन र अपचलनमा संलग्न एमालेका साथीहरू सबैलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ‌ओली’, शर्माले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved