सरकारविरुद्ध सडकमा कांग्रेस (तस्वीरहरू)

सरकारविरुद्ध सडकमा कांग्रेस (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसले आइतबार काठमाडौं जिल्ला कार्यसमितिद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा विरोधसभा आयोजना गरेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

सभालाई कांग्रेस महामन्त्री विश्वप्रका शर्मा, पूर्वमहामन्त्री कृष्टप्रसाद सिटौलालगयातले सम्बोधन गरेका छन् । प्रदर्शनमा अर्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकलगायत पनि सहभागी थिए ।

प्रदर्शनका क्रममा कांग्रेसले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने, उनले संसद्‌को रोस्ट्रममा उभिएर आफ्ना नेताहरूमाथि लगाएको आरोपलगायतका विषयबारे नाराबाजी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved