प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, यसअघिका सहमति र सम्झौताको समीक्षा

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, यसअघिका सहमति र सम्झौताको समीक्षा

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा दुई नेताबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताका विषयमा पनि समीक्षा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोह लगत्तै भएको साइडलाइन वार्तामा दुई प्रधानमन्त्रीबीच आपसी हितका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन् ।

हिजो दिल्ली पुगेको प्रधानमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्कने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved