प्रमुख प्रशासकीय अधिकृत र पाँच ठेकेदारसहितलाई भ्रष्ट्राचार मुद्दा दायर

नेपालभ्युज

प्रमुख प्रशासकीय अधिकृत र पाँच ठेकेदारसहितलाई भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौं । सुर्खेतको भेरिगंगामा निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले सुर्खेतका पाँचजना ठेकेदारसहितलाई मुद्दा दायर गरेको जनाएको हो ।

मुद्दा दर्ता हुनेमा भेरीगंगा नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेललाई ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सोही पालिकाका तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडालाई पनि ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्यस्तै, न्यु हरि निर्माण सेवा सुर्खेतका प्रोप्राइटर हरि बहादुर बुढा क्षेत्री र नवराज कन्स्ट्रक्सनका प्रोप्राइटर नवराज ढकाललाई पनि ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

साथै, एञ्जल कन्स्ट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोप्राइटर भीम बहादुर बुढा क्षेत्रीलाई २१ लाख १ हजार ६ सय ९६ रुपैयाँ रहेको छ ।

उनीहरूलाई नदीमा दिइएको ठेक्कामा कानुन मिची विभिन्न फर्मसँग मिलेर अनियमितता गरेको उजुरी परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved