‘मान्छे मार्नेहरू सरकारमा छन्, प्रचण्डबाट गणतन्त्र खतरामा छ’

नेपालभ्युज

‘मान्छे मार्नेहरू सरकारमा छन्, प्रचण्डबाट गणतन्त्र खतरामा छ’

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकारमा ‘मान्छे मार्नेहरू’ रहेको अभिव्यक्ति दिएका छन् ।

काठमाडौं कांग्रेसद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्यसमेत रहेका बानियाँले यस्तो अधिव्यक्ति दिएका हुन् ।

“मान्छे मार्नेहरू सरकारमा छन्, हामी मान्छे बचाउन हिँडेका हौँ,” बानियाँले भने, “प्रतिपक्षले विरोध गरिरहेको ठाउँमा, वेल घेरिरहेको ठाउँमा जबरजस्त रूपमा प्रस्तुत हुनेहरू सरकारमा छन् ।”

उनले गणतन्त्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै खतरामा रहेको आरोप पनि लगाएका छन् । सरकारमा सङ्घीयताविरोधीहरू रहेको टिप्पणी गर्दै उनले भने, “अहिले गणतन्त्र कसैबाट खतरामा छ भने त्यो हालका प्रधानमन्त्री माओवादीका अध्यक्ष प्रचण्डबाट छ । उहाँको गतिविधि ठीक छैन । आज सङ्घीयताको भावनाअनुरूप काम भएको छैन ।”

उनले सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सङ्घीयताविरोधीको संज्ञा दिए । “सङ्घीयता मास्न खोज्नेहरू, मानवताविरोधीहरू सरकारमा छन्,” उनले भने ।

बानियाँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी रहेको दोहोर्‍याए । गृहमन्त्री लामिछानेलाई सङ्कटबाट भाग्ने बानी परेको उल्लेख गर्दै उनले भने,”२०६२-६३ को सङ्कटबाट उहाँ अमेरिका भाग्नुभयो । ग्यालेक्सी टेलिभिजनबाट ठगी बचाउनका लागि राजनीतिमा आउनुभयो । यसरी हामी मान्दैनौँ । स्वयम् दोषी जिम्मेवार हुनुपर्छ । अहिले पनि भाग्न खोज्दै हुनुहुन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved