मुल्तानी मिट्टी कपालका लागि पनि उत्तिकै फाइदाजनक

नेपालभ्युज

मुल्तानी मिट्टी कपालका लागि पनि उत्तिकै फाइदाजनक

एजेन्सी । त्यस्तो त युवायुवती सबैलाई छाला तथा कपालका विभिन्न समस्या आइरहन्छन् । जसरी छाला सुख्खा हुने गर्छ त्यसरी कपाल पनि सुख्खा हुन्छ ।

यसबाट राहत पाउन मुल्तानी मिट्टीको प्रयोग फाइदाजनक हुन्छ । छालासँगै मुल्तानी मिट्टी कपालका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ ।

विशेषगरी गर्मीका बेला कपालमा मुल्तानी मिट्टीको प्रयोग अझै फाइदाजनक हुन्छ । यसले कपाल तथा टाउकोमा हुने विभिन्न समस्याबाट छुट्कारा दिन्छ ।

कपाल धुनका लागि मुल्तानी माटोको प्रयोग गर्दा स्काल्प छिट्टै चिसो हुन्छ । जसले गर्दा गर्मीमा टाउको तातिने जस्ता समस्यामा फाइदा गर्छ ।

मुल्तानी माटोले धुँदा कपाल एकदमै मुलायम हुन्छन् । जसले गर्दा कपाल चम्किलो पनि देखिन्छ । रुखो तथा सुख्खा कपालबाट छुट्कारा पाउन मुल्तानी माटोको प्रयोग फाइदाजनक हुन्छ । यसका लागि मुल्तानी माटो र दहीलाई मिसाएर कपालमा लगाउन सकिन्छ ।

गर्मीमा पसिनाले गर्दा कपाल चिपचिप हुने तथा चिल्लो हुने समस्या हुन्छ । यो समस्याबाट राहत पाउन मुल्तानी माटोमा रीठा मिसाएर कपालमा लगाउन सक्नुहुन्छ ।

गर्मीमा पसिना, धुलो, माटो आदिले गर्दा कपाल छिटो फोहोर हुन्छ । जसले गर्दा टाउको चिलाउने समस्या हुन्छ । यसबाट छुट्कारा पाउन पनि मुल्तानी माटोले कपाल धुन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved