हमास र इजरायलबीचको वार्ता विफल, लगत्तै गाजामा रकेट हमला

नेपालभ्युज

हमास र इजरायलबीचको वार्ता विफल, लगत्तै गाजामा रकेट हमला

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध विरामका लागि भएको वार्ता निष्कर्ष विहिन भएको छ । इजिप्टमा भएको वार्तामा दुवै पक्ष एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएपछि वार्ता भाडिएको हो ।

वार्ता टुंगोमा नपुग्नुको दोष दुबैले एक अर्कालाई थोपरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासका कमाण्डर इस्माइल हानियेका कारण वार्ताले गति नलिएको आरोप लगाए । गाजामा संघर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुुसार इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो ।

वार्ता निष्कर्ष विहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला भएको छ । गाजा क्षेत्रबाट भएको सो हमलामा आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

यसैबीच इजरायलको तेल अभिव शहरमा सरकारविरुद्ध फेरि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले हमासले बन्धक बनाएकालाई सकुशल रिहा गराउन इजरायल सरकारसँग माग गर्दै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved