फेरि बढ्यो अण्डाको मूल्य

नेपालभ्युज

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य फेरि बढाएको छ । संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको संघले जनाएको  छ ।

नयाँ मूल्य अनुसार  मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।

यसअघि  वैशाख २० गते मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ  निर्धारण गरेको जनाएको थियो ।

मूल्य घटाएको साता दिन नपुग्दै संघले फेरि मूल्य बढाएको हो  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved