साताको नेप्सेमा उल्लास : ५२ अंकले बढेर कारोबार रकम १८ अर्ब ५९ करोड पुग्यो

नेपालभ्युज

साताको नेप्सेमा उल्लास : ५२ अंकले बढेर कारोबार रकम १८ अर्ब ५९ करोड पुग्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा हरियाली देखिएको छ । यो साताको समग्र कारोबारको दिन नेप्से ५२ दशमलव ५३ अंकले बढेको छ । साताको पाँच दिन कारोबार हुँदा नेप्से चार दिन बढेको छ भने एक दिन मात्र घटेको छ ।

गत साता १९६६ दशमलव २३ को बिन्दुमा पुगी बन्द भएको नेप्से यो साता बढेर २०१८ दशमलव ७६ बिन्दु कायम भएको छ । सुरुवाती दिनमै ८ दशमलव २६ अंकले बढ्न सुरु गरेको नेप्सेले कारोबारको तेस्रो दिनमै दुई हजार बिन्दु छिचोलेको थियो ।

यो साता सेयर बजारमा माइक्रो फाइनान्स कम्पनीहरूले लगानीकर्तालाई आकर्षित गरेका थिए । भने, सबैभन्दा कम कर्पोरेट डिभेन्चर र ट्रेडिङ्स कम्पनीहरूको भएको छ ।

गत साता नेप्से ३३ अंकले घटेको थियो भने १४ अर्ब २१ करोड २४ लाख ५५ हजार बराबरको कारोबार भएको थियो । यो साता सेयर बजारले १८ अर्ब ५९ करोड ४८ लाख ५० हजार बराबरको कारोबार भएको छ ।

यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० को बिन्दुमा पुगेको थियो । जसमा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १ सय ३८ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको थियो ।

त्यस दिन १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको थियो भने ३ उपसमूहको परिसूचक घटेको थियो ।

सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अंकले बढेर १९९८ दशमलव ८९ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ रहेको थियो । १३ उपसमूहमध्ये त्यस दिन ८ उपसमूहको परिसूचक बढेको थियो ।

कारोबारको दोस्रो दिन माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार ट्रेडिङ्स कम्पनीहरूको भएको थियो ।

मंगलबार नेप्से सूचक २८ दशमलव ६२ अंकले बढेर २०२७ दशमलव ५१ को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भएको थियो । १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका थिए ।

मंगलबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने सबैभन्दा कम कारोबार ट्रेडिङ्स कम्पनीहरूको भएको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ दशमलव ५४ अङ्कको गिरावट आएर २०१७ दशमलव ९७ को बिन्दुमा पुगेको थियो ।

जसमा तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको थियो । त्यस दिन उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक दशमलव १७ र व्यापार समूह एक दशमलव १६ प्रतिशतले बढ्दा अरू सबै समूहका उपसूचक घटेको थियो ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २०१८ दशमलव ७६को बिन्दुमा पुगेको थियो । जसमा कारोबार रकम भने ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँ रहेको थियो ।

बिहीबार माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका थिए भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको थियो । त्यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको थियो भने ११ वटा उपसमूहको परिसूचक घटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved