काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाले वित्तीय तथा डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलीप पोखरेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरूको बारेमा जानकारी गराएका थिए ।
डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरूमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।
Facebook Comment
Comment