क्रिकेट लक्षित डिशहोमको ७२–घण्टे नयाँ अफर

नेपालभ्युज

क्रिकेट लक्षित डिशहोमको ७२–घण्टे नयाँ अफर

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग तेस्रो खेल खेल्दै छ र असार ३ गते बिहान ५ः१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ ।

यी दुई खेलहरूको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६–महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३–महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको हो ।

डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे ‘ईतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२–घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत गरेको हो ।

रिचार्ज गर्नको लागि ग्राहकहरूले आफू नजिकै रहेको डिशहोमको डिलर दाइ कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सक्नेछन् । साथै, अनलाइन पेमेन्ट वालेटहरू मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो विशेष ७२–घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च–स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved