काठमाडौं । पाकिस्तान टी-२० विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।
आयोजक अमेरिका भने विश्वकपको सुपर एटमा पुगेको छ । आयरल्याण्ड र अमेरिकाबीचको खेल वर्षाका कारण रद्ध भएपछि पाकिस्तान बाहिरिएको हो ।
अमेरिका समूह एकबाट ५ अंकसहित विश्वकपको सुपर एटमा पुगेको छ । अमेरिकाको यसअघि चार अंक थियो । यो खेल रद्ध भएपछि उसको एक अंक थपिएको हो ।
पाकिस्तानको ३ खेलबाट २ अंक मात्रै छ । आज आयरल्याण्डले अमेरिकालाई हराएको भए पाकिस्तान अन्तिम खेलमा जित हासिल गरेर सुपर एटमा पुग्ने सम्भावना थियो ।
पाकिस्तानको अन्तिम खेल आयरल्याण्डसँग थियो । यसअघि पाकिस्तान भारत र अमेरिकासँग पराजित भएको थियो भने क्यानाडालाई हराएको थियो । यो नतिजासँगै आयरल्याण्ड पनि औपचारिक रुपमा बाहिरिएको छ ।
Facebook Comment
Comment