टी-२० विश्वकप : एकपछि अर्को अनपेक्षित नतिजा, बलिया मानिने टोली हार्दै

नेपालभ्युज

टी-२० विश्वकप : एकपछि अर्को अनपेक्षित नतिजा, बलिया मानिने टोली हार्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जारी छ । अहिलेसम्म १५ खेल भइसकेका छन् ।

यस विश्वकपका एकपछि अर्को अपत्यारिलो नतिजा आइरहेका छन् । उपाधिका दाबेदार मानिने देशपछि हार्न थालेका छन् भने अधिकांश देशलाई १०० रन कटाउन पनि मुस्किल परिरहेको छ ।

यसैबीच शनिबार बिहान भएको खेलमा बलियो देश न्यूजिल्याण्डले अफगानिस्तानसँग फराकिलो हार व्यहोरेको छ ।

वेस्ट इन्डिजमा भएको खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो ।

न्युजिल्याण्डले जितका लागि १६० रन बनाउनु परेको थियो तर, ७५ रनमा मात्रै अलआउट भयो ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० र इब्राहिम जद्रानले ४४ रन बनाए ।

नासाउ स्टेडियमको पिच विवादमा, लगातार दुई खेलमा १०० भन्दा कम लक्ष्य

जसमा १६० रनको लक्ष्य दिएको न्यूजिल्याण्ड १५.२ ओभरमा ७५ रनमा अलआउट भयो ।

अफगानिस्तानका लागि फजलहक फारूकी र राशिद खानले ४–४ विकेट लिए भने मोहम्मद नाबीले २ विकेट लिए ।

यस्तै, शुक्रबार राति भएको खेलमा तुलनात्मक रूपमा बलियो मानिने आयरल्याण्ड क्यानडासँग पराजित भयो ।

क्यानडाले जितका लागि १३८ रनको सामान्य लक्ष्य दिए पनि आयरल्यान्डको टोलीले सात विकेटमा १२५ रन मात्रै बनाउन सकेन ।

१२ रनले पराजित भएको आयरल्याण्डको टोलीले लगातार दोस्रो हार हो भने क्यानडाको पहिलो जित ।

क्यानडाको जितमा निकोलस किर्टन नायक भए । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यसअघि आयोजक अमेरिकाले उपाधि दाबेदार मानिने पाकिस्तानलाई हराएको थियो ।

सानदार प्रर्दशन गर्दै अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । जसमा पाकिस्तानले पहिलो खेलमै नराम्रो हार चाख्यो ।

यससँगै उसको सुपर-८ मा पुग्ने सम्भावनामा केहि धक्का लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved