क्याम्पस प्रमुख कुशवाहाको मृत्युले शिक्षामन्त्री श्रेष्ठ स्तब्ध

नेपालभ्युज

क्याम्पस प्रमुख कुशवाहाको मृत्युले शिक्षामन्त्री श्रेष्ठ स्तब्ध
फाइल फोटो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले  बाराको रामराजा क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहाको मृत्युको खबरले खबरले स्तब्ध बनाएको बताएकी छन् ।

शुक्रबार साँझ सामाजिक संजालमार्फत मन्त्री श्रेष्ठले क्याम्पस प्रमुख कुशवाहाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

‘… दिवङ्गत कुशवाहा सरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँको आत्माले चीर शान्ति पाओस् भन्ने कामना गर्दछु’ उनले एक्समा लेखेकी छन् ‘ साथै शोक सन्तप्त परिवारप्रति यस दु:खद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

उनले एक्समा लेखेकी छन्,  ‘शिक्षा क्षेत्रमा यस्तो अपराधिक प्रवृत्तिको अन्त्य गर्नैपर्छ। यस विषयमा प्रहरी प्रशासनले अनुसन्धान सुरु गरिसकेको जानकारी पाएकोछु र थप समन्वयका लागि गृह मन्त्रालयसँग सम्पर्कमा छु। दोषिले कानूनबमोजिम सजाय पाउनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved