ड्रागन फ्रुट खाँदा भाग्छन् यी रोग टाढा

नेपालभ्युज

ड्रागन फ्रुट खाँदा भाग्छन् यी रोग टाढा

एजेन्सी । ड्रागन फ्रुटको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्वले शरीरका विभिन्न रोग पनि भगाउँछ । यसबाट हुने फाइदा बारे जानौं ।

ड्रागन फ्रुटमा भिटामिन सी, एन्टीअक्सीडेन्ट्स, पोलीअनसेचुरेटेड फ्याटी एसिड, क्यारोटिन र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् । जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

ड्रागन फ्रुटले कोलेस्ट्रोलको मात्रा कम गर्न सहयोग गर्छ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले शरीरको बोसो तथा ओमेगा ६ ले कोलेस्ट्रोललाई घटाउँछ ।

ड्रागन फ्रुट पेटका लागि पनि फाइदाजनक हुन्छ । यसमा फाइबर हुन्छ जसले पेटसँग जोडिएका समस्या ठिक गर्छ । ड्रागन फ्रुट खाँदा पेटमा हुने अपच, ग्यास तथा कब्जियत जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

ड्रागन फ्रुटले रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा राख्ने काम गर्छ । यसमा क्यारोटिनाइड, थियोल, फाइबर र ग्लुकोसिनोलेट्स हुन्छ जसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

ड्रागन फ्रुट मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसमा हुने एन्टीअक्सीडेन्ट्स गुणले रक्तसञ्चारलाई राम्रो बनाउँछ । साथमा यसलाई नियमित खाँदा रक्तचापलाई पनि नियन्त्रण गर्न सकिन्छ ।

ड्रागन फ्रुटले इम्युनिटी पनि बलियो बनाउँछ । यसमा हुने भिटामिन बी, आइरन, क्याल्सियम र नियासिन जस्ता पोषक तत्वहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved