इलाम-२ : मतदानको समय सकियो, मतपेटिका संकलन गरिदैँ

नेपालभ्युज

इलाम-२ : मतदानको समय सकियो, मतपेटिका संकलन गरिदैँ
मतदान गर्न जाँदै ज्येष्ठ नागरिक

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतदानको समय सकिएको छ ।

निर्वाचन आयोगले शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिएको छ । तर, लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय दिइएको छ ।

लगभग ६६ हजार हाराहारी मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

मतपेटिका ल्याउन सकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना गर्ने यादवले जानकारी दिए । इलाम १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

इलामको मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved