कांग्रेसले सूर्यमान गुरुङको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपालभ्युज

कांग्रेसले सूर्यमान गुरुङको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य सूर्यमान गुरुङको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बैशाख २७, २८ र २९ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२८ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गरिनेछ । साथै, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको पौडेलले बताए ।

गुरुङको बैशाख २५ गते बिहान १०ः३० बजे काठमाडौं ज्ञानेश्वर स्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved