भारतीय गृहमन्त्री शाहको सम्पादित भिडियो प्रकरण : तेलंगानाका मुख्यमन्त्रीलाई सोधपुछका लागि बोलाइयो

नेपालभ्युज

भारतीय गृहमन्त्री शाहको सम्पादित भिडियो प्रकरण : तेलंगानाका मुख्यमन्त्रीलाई सोधपुछका लागि बोलाइयो

काठमाडौं । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहको सम्पादित भिडियो सेयर गरेको आरोपमा दिल्ली प्रहरीले तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीलाई सोधपुछका लागि बोलाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कांग्रेस नेता रेड्डीलाई मे १ मा आफ्नो फोनसहित दिल्ली पुलिसको साइबर इकाईमा उपस्थित हुन भनिएको छ।

रेड्डीले शाहको सम्पादित भिडियो सोसल मिडिया वेबसाइट एक्समा सेयर गरेका थिए।

दिल्ली पुलिसले यस सम्बन्धमा धेरै जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

शाहले र्‍यालीमा दिएको भाषणको भिडियोको अंश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कथित रूपमा सम्पादन गरिएको भिडियोमा शाहले भनेका छन्, ‘भारतीय जनता पार्टीको सरकार बन्यो भने एससी(एसटी र ओबीसीका लागि असंवैधानिक आरक्षण अन्त्य गर्नेछौं।’

अर्को भिडियोमा शाहले भनेका छन्, ‘हामी असंवैधानिक मुस्लिम आरक्षण समाप्त गर्नेछौं, यो अधिकार तेलंगानाको एससी(एसटी र ओबीसीको हो र उनीहरूले यो अधिकार पाउनेछन् र हामी मुस्लिम आरक्षण समाप्त गर्नेछौं।’

आसाम प्रहरीले यो कथित सम्पादन भिडियो शेयर गरेको आरोपमा एक कांग्रेस कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved