बिश्नोई समाजले भन्यो- सलमानले मन्दिरमा आएर माफी मागे भने विचार गर्छौं

नेपालभ्युज

बिश्नोई समाजले भन्यो- सलमानले मन्दिरमा आएर माफी मागे भने विचार गर्छौं

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई लिएर अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाको भनाई बाहिर आएको छ ।

कालो हरिण प्रकरणमा खान आफैंले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्ने उनले बताए ।

वास्तवमा केहिदिन अघि खानको एक पूर्व प्रेमिकाले निवासमा भएको गोलीबारी मामिलामा उनको समर्थन गरेकी थिइन् ।

उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गरेकी बताएकी थिइन् । ती पूर्व प्रेमिकाले यस्तो अवस्थामा बिश्नोई समुदायले सलमानलाई माफी दिनुपर्ने र उनीमाथि यस्तो हमला गर्न नहुने बताएकी थिइन् ।

सलमानको तर्फबाट उनले विश्व समुदायसँग माफी पनि मागेकी थिइन् । त्यसपछि बुडियाको भनाई बाहिर आएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुडियाले जवाफ दिँदै सलमान खान आफैँले माफी मागे भने बिश्नोई समाजले विचार गर्ने बताए ।

उनले भने, ‘सलमानले बिश्नोई समुदायलाई प्रस्ताव गर्नुपर्छ कि उनी माफी माग्न चाहन्छन् । मन्दिरमा आएर माफी माग्नुपर्छ । आगामी दिनमा यस्तो गल्ती नगर्ने शपथ लिनुपर्छ । पशुपक्षी संरक्षणका लागि सधैं काम गर्नेछ । यदि उनीहरूले यसो गरेमा बिश्नोई समाजले उनीहरूलाई माफ गर्नेबारे निर्णय गर्नेछ।’

अप्रिल १४ मा सलमान खानको घरबाहिर गोलीबारी भएको थियो।

आइतबार (अप्रिल १४) बिहान मुम्बईको बान्द्रा वेस्टमा रहेको सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोलीबारी भएको थियो ।

यस घटनामा प्रहरीले गोली चलाउने र गराउने व्यक्तिको बारेमा ठोस जानकारी पाएको छ ।

गोली प्रहारको जिम्मेवारी लरेन्स ग्याङका अनमोल बिश्नोई, गोल्डी बरार र रोहित गोदाराले लिएका छन् ।

लरेन्सले टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिएको भन्दै सन् १९९८ मा भएको कालो हरिण शिकारको घटनालाई लिएर बिश्नोई समुदाय आक्रोशित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved