नगरकोटीको उपन्यास ‘जे थर्टी-थ्री’को बिमोचन

नेपालभ्युज

नगरकोटीको उपन्यास ‘जे थर्टी-थ्री’को बिमोचन

काठमाडौं। लेखक तथा साहित्यकार कुमार नगरकोटीको नयाँ उपन्यास ‘जे थर्टी-थ्री’को शनिबार एक समारोहको बिच बिमोचन भएको छ।

जङ्गबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउन बिच इतिहासमा कहिल्यै नलेखिएको प्रेमको कथा र गाथा यो उपन्यासमा समावेश गरिएको नगरकोटी बताउँछन्।

उपन्यास जे थर्टी-थ्री’ एउटा ग्राफिक्स नोबेलको रूपमा तयार पारिएको छ। उपन्यासमा कथाका साथै फ्राफिक्सहरू पनि समावेश गरिएका छन्।

कथा, कविता, उपन्यास, नाटकहरूमार्फत् आफ्नो छुट्टै छाप पार्न सफल सर्जक नगरकोटीको यसअघि जोगियाना, दोचा, मिस्टिका, घाटमान्डु, कोमा, अक्षरगन्ज, कल्पग्रन्थ, बाथ-टब , ट्रान्जिट लगायतका कृतिहरू बजारमा आइसकेका छन्।

उपन्यासको एकखण्डलाई नाटकमा रूपान्तरण गरि मञ्चन गर्दै शनिबार बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा उपन्यासको बिमोचन गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved