रास्वपाले दियो सुहाङ नेम्वाङलाई बधाई, सही समयमा घण्टी नबजेको भनाइ

साथै आफ्नो पार्टीको हारको विषयमा गम्भीर समीक्षा गर्ने जनाएको छ । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ’ विज्ञप्तिमा भनिएको छ ।

नेपालभ्युज

रास्वपाले दियो सुहाङ नेम्वाङलाई बधाई, सही समयमा घण्टी नबजेको भनाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएको छ ।

पार्टीका महामन्त्री प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै जनअपेक्षाअनुरुप कार्यसम्पादन गर्न सफल सक्षम हुन भन्दै सुभेक्षा जनाएको छ ।

साथै आफ्नो पार्टीको हारको विषयमा गम्भीर समीक्षा गर्ने जनाएको छ । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयाघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ चुनाव भएको हो ।

त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएपछि उनले ५ हजारभन्दा बढी फराकिलो मतान्तरले जीत हाँसिल गरेका हुन् ।

सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४ सय ५७ मत ल्याउँदा रास्वपाले ५ हजार ५० मत ल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved