निर्वाण चौधरी भन्छन्–‘आईपीओमा जाने भएपछि वाइवाइलाई बदनाम बनाउने प्रयत्न भयो’

नेपालभ्युज

निर्वाण चौधरी भन्छन्–‘आईपीओमा जाने भएपछि वाइवाइलाई बदनाम बनाउने प्रयत्न भयो’

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका छोरा निर्वाण चौधरीले आईपीओमा जाने भएपछि वाइवाइलाई बदनाम बनाउने प्रयत्न भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा एक्स (ट्वीटरमा)मा लेख्दै चौधरीले वाइवाइ ब्रान्डलाई बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन् ।

‘जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाइ ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन ’ उनले लेखेका छन् ।

उनले वाईवाईको गुणस्तरमा कुनै पनि समस्या नरहेको दाबीसमेत गरेका छन् । केही समयअघि मात्र काठमाडौँ महानगरपालिकाले वाईवाईलाई गुणस्तरहीन भएकोभन्दै जरिवाना गराएको थियो ।

‘हामीले पटक पटक भनेका छौँ कि वाइवाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइवाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् ।

अचम्मकै कुरा भन्नुपर्छ, वाइवाइ विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ ?’ निर्वाणले लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved